चीनमा जुनसम्म ४० प्रतिशतलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य पूरा गर्न कठिन'
एजेन्सी
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
130
Shares
बेइजिङ। कोरोना भाइरस महामारीको उद्गम मुलुक चीनले जुनसम्म आफ्नो कुल जनसङ्ख्याको ४० प्रतिशतलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने प्रतिबद्धता व्यक्त गरे पनि विज्ञहरूले भने उक्त लक्ष्य हासिल गर्न नसक्ने बताइरहेका छन्।
विज्ञहरूले चिनियाँ खोप उत्पादनमा भइरहेको ढिलाइसँगै खोप अभाव र अपुग हुँदा मुलुकले जुनसम्म ४० प्रतिशतलाई खोप लगाइसक्ने लक्ष्य पूरा हुन नसक्ने जनाएका छन्। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार दैनिक ४५ लाख भन्दा बढी डोज कोरोनाविरुद्धको खोप लगाइरहेको छ।
हालसम्म चीनमा २४३.९ मिलियन डोज खोप लगाइसकिएको छ। हरेक व्यक्तिलाई दुई डोज खोप दिनुपर्ने मान्यता रहेको छ। चीनले यसअघि हरेक दिन १० मिलियन डोज खोप लगाउने लक्ष्य राखेको साउथ चाइना मर्निंग पोस्टले जनाएको छ।
न्युयोर्कस्थित वैदेशिक मामिला परिषद्को ग्लोबल हेल्थका वरिष्ठ अधिकारी योन्जांग हुवांगले भने, “मेरो हिसाबले हेर्दा यो लक्ष्य हासिल हुन नसक्ने देखिन्छ। पहिलो डोज खोप लगाएकाहरूलाई जसरी नै खोप कार्यक्रमको गति कायम राख्ने हो भने चीनले राखेको लक्ष्य पूरा हुने देखिँदैन।“
“आपूर्ति पक्षको पनि क्षमता वृद्धि गर्न सकिएको छैन। खोपहरू घरेलु उपयोग र निर्यात वा अनुदानका लागि दिन आवश्यक छ। जसले गर्दा पनि चीनले राखेको लक्ष्य पूरा गर्न सकिने अवस्था देखिँदैन। माग अनुसारको उत्पादन क्षमतालाई वृद्धि गर्न अझै केही समय लाग्ने देखिन्छ।