अघिल्लो आर्थिक वर्ष २०७८–७९ को पहिलो महिनामा नेपालले १४ अर्ब ६१ करोड ६२ लाख ६९ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्याँस आयात गरेको थियो ।
गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउनमा नेपालले ६ अर्ब २ करोड ८५ लाख ८७ हजार रुपैयाँ बढीको डिजेल, पेट्रोल र एलपी ग्याँस आयात गरेको छ ।
घाटाको निगमले अत्यधिक मात्रामा पेट्रोलियम पदार्थ भित्र्याइरहेको छ । चुहावट कम गर्न सकेको छैन भने सरकारी कार्यालयहरुमा अत्यधिक मात्रामा खर्च भइरहेको छ ।
निगमले सस्तोमा ल्याएर उपभोक्तालाई महंगोमा पेट्रोलियम पदार्थ बेचे पछि घाटा कम गर्न सकेको छैन ।
मूल्य घटाउन भएको दबाबलाई उसले सुनेको पनि छैन ।