सत्ता सङ्कटका बेला अमरेश सिंह फेरि सक्रिय, को कोसँग गरिरहेछन् भेट ?
केपी शर्मा ओलीको उद्धारकका रूपमा प्रकट !
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
244
Shares
काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा सर्लाहीबाट निर्वाचित सांसद अमरेश कुमार सिंह सत्ता सङ्कटका बेला फेरि सक्रिय देखिएका छन्। कांग्रेस सांसदको रुपमा सिंहको सक्रियता अस्वाभाविक देखिए पनि उनी केपी शर्मा ओलीको उद्धारकका रूपमा प्रकट भएका छन्।
सिंहको गतिविधि राजनीतिक पण्डितहरुको लागि पनि चासोको विषय हुने गरेको छ। सिंह बुधवार देखि सक्रिय भएको सुरक्षा स्रोतको दाबी छ । बुधवार प्रचण्ड निवास खुमलटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग १ घण्टा भेटवार्ता गरेका सिंहले बिहीबार कोटेश्वरस्थित नेकपा एमाले वरिष्ठ नेता माधब कुमार नेपालसँग उनकै निवासमा करिब पौने १ घण्टा भेटवार्ता गरेका थिए।
सिंह शुक्रवार भने प्रधानमन्त्री केपी ओलीलाई भेट्न उनको सरकारी निवास बालुवाटारमा गएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलिसंग उनले करिब पौने ३ घण्टा भेटवार्ता गरेका थिए।
ओलीसँग भेटे लगत्तै सिंह नक्साल भाटभटेनीस्थित व्यवसायी तथा नेपाल मेडिसिटी हस्पिटलका सञ्चालक उपेन्द्र महतो निवासमा दिउँसो पौने तीन बजेतिर प्रवेश गरेको थिए।
बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै नेपाली राजनीतिमा अनेक कोणबाट चलखेल ह्वात्तै बढेको बेला सिंहको सक्रियतालाई पनि चासोका साथ हेरिएको छ।