चार अस्पतालद्वारा अक्सिजन अभाव भएको भन्दै सङ्क्रमितलाई भर्ना गर्न नसक्ने घोषणा
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २५ शनिबार
120
Shares
काठमाडौँ। काठमाडौँ उपत्यकाका चार अस्पतालले अक्सिजन ग्यासको अभाव भएको कोरोना सङ्क्रमितलाई भर्ना गर्न नसकिने जनाएका छन्।
शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल भारत मैत्री अस्पताल, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, मेडिकेयर अस्पताल लिमिटेड तथा दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टरले अक्सिजन ग्यासको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएको उल्लेख गरेका छन्
विज्ञप्तिमार्फत ती अस्पतालहरू अक्सिजन अभावका कारण कोरोना सङ्क्रमणका बिरामीलाई भर्ना गरी उपचारमा निरन्तर दिन नसकिने परिस्थिति सिर्जना भएको उल्लेख गरेका छन्। अक्सिजनको नियमित आपूर्ति नभएसम्म सीमित शय्या मात्र सञ्चालन ल्याएर सेवा प्रदान ती अस्पतालले जनाएका छन्।