कांग्रेस गुल्मीले पार्टी कार्यालयलाई आइसोलेसन कक्षका लागि उपलब्ध गराउने
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २५ शनिबार
208
Shares
गुल्मी । नेपाली कांग्रेस गुल्मीले जिल्लास्थित पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने भएको छ ।
पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले सदरमुकाम तम्घास रहेको पार्टी कार्यालय वीपी स्मृति भवनलाई आवश्यकताअनुसार आइसोलेसनका रुपमा प्रयोग गर्न सकिने प्रतिबद्धता दिए ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठक उनले जिल्लाभर फैलिएको कोरोना प्रकोपको भयावह अवस्थालाई दृष्टिगत गरी नेपाली कांग्रेस गुल्मीले समाजप्रतिको सामाजिक उत्तरदाहित्वलाई वहन गर्दै पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने बताएका थिए ।
हामी सबैको यो पार्टी कार्यालय जनताको सेवामा समर्पित गर्दै कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने उनले भने । त्यस्तै सम्बन्धित पक्षलाई सम्पुर्ण आवस्यक व्यवस्था मिलाउन पनि उनले अनुरोध गरे ।