arrow

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार र स्वकीय सचिवलाई पुनः सङ्क्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २५ शनिबार
surya-thapa.jpg
तस्बिर : फाइल

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पुनः कोभिड–१९ सङ्क्रमण देखिएको छ।

पिसिआर परीक्षणका क्रममा आफूहरूसहित स्वकीय उपसचिव रुपेश आचार्यलाई पनि सङ्क्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिए।

यसअघि पनि थापा र भण्डारीलाई सङ्क्रमण देखिएको थियो। शुक्रवार प्रधानमन्त्रीसहित उनका स्वकीय र  निजी सचिवालय तथा सुरक्षा निकाय र चालक दलका सयभन्दा बढीको पिसिआर परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई भने सङ्क्रमण नदेखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिए।



लोकप्रिय समाचार
नयाँ