श्रीकृष्णदेखि कर्णसम्मले पाए श्राप, महाभारतका यी आठ घटना
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २६ आइतबार
481
Shares
काठमाडौँ ।महाभारतमा सयौँले श्राप तथा वरदानहरू पाएका छन् । तर हामी यहाँ यी यस्ता आठ प्रमुख श्रापको बारेमा चर्चा गरेका छौँ ।
वशिष्ठ ऋषिको वसुलाई श्राप
एक पटक द्यु नामक वसुले वशिष्ठ ऋषिको कामधेनुको हरण गरे। यसले क्रोधित भएका वशिष्ठ ऋषिले द्युसँग भने कि यस्तो काम त मनुष्यले मात्रै गर्दछन् । तिमी आठौँ वसु मनुष्य हुनेछौँ। तिनै आठ वसु मध्ये एक थिए भीष्म । गङ्गाले आठ मध्ये सात वसुको पानीमा बगाईदिइन् । तर, शन्तनुले रोकेपछि भीष्म बाँचे । भीष्मले ब्रह्मचारी रहने शपथ पनि लिएका थिए । त्यसैले पनि उनी बच्न सफल भएका हुन् ।
श्रीकृष्णको वंश नाशको श्राप
महाभारत युद्ध पछि सान्त्वना दिने उद्देश्यले भगवान् श्रीकृष्ण गानधारीसामु गए । भगवान् श्रीकृष्णलाई देखी गानधारीले क्रोधित हुँदै उनलाई श्राप दिए कि तेरो कारणले जसरी मेरो एक सय जना छोराहरूको नास भएको थियो, उही प्रकार तेरो वंशको पनि एकले अर्कालाई मार्नेको कारण सबै नास होस् ।
पाण्डुलाई ऋषिको श्राप
एक पटक कुन्ती तथा माद्रीका पति राजा पाण्डु शकिार खेल्न गएका थिए । उनले मृग जस्तो देखेर आफ्नी पत्नीसँग मैथुन गरिरहेका ऋषि किन्दमलाई गएर लाग्यो । ती ऋषि मर्ने बेलामा उनले पाण्डुलाई श्राप दिए कि तिमी पनि मेरै मर्नुपरोस्।
भीष्मलाई अम्बाको श्राप
सत्यवती(शांतनुका पुत्र विचित्रवीर्यको युवा भएर पनि भीष्मले बलपूर्वक काशीराजका ३ छोरीहरूलाई हरण गरी उनीहरूको विवाह विचित्र वीर्यसँग गरिदिए । तर पछि जेठी राजकुमारी अम्बालाई भने छाडिदिए । अम्बाले मुक्त भइसकेपछि एकदमै द्रवित भएर भीष्मलाई श्राप दिइन् कि तिम्रो मृत्युको कारण म नै बन्न पाउँ । त्यसपछि अम्बाले प्राण त्यागेर शिखण्डीको रूपमा जन्म लिइन् र युद्धमा भीष्मका मृत्युका कारण बनिन।
अर्जुनलाई श्राप
एक पटक अर्जुन इन्द्र-सभामा थिए । अर्जुनको रूप र सौन्दर्य देखेर मोहित भएकी उर्वशी नामकी अप्सराले उनलाई प्रेम प्रस्ताव राखिन्। तर अर्जुनले उनलाई आमा समान रहेको बताएर उम्किन खोजे । तब उर्वशीले क्रोधित हुँदै अर्जुनलाई एक वर्षसम्म नपुंसक हुने श्राप दिइन्। अर्जुनले उर्वशीको श्राप ग्रहण गर्न स्वीकार गरे । तर संयम तोडेनन् ।
कर्णलाई दिइएको श्राप
परशुरामले शपथ लिएथे कि ब्रह्मास्त्र प्रयोग गर्न म कुनै ब्रह्म ज्ञानीलाई मात्रै सिकाउँछु । कर्ण ब्रह्मास्त्र प्रयोग गर्न सिक्न चाहन्थे । त्यसैले उनी परशुरामको पास गए र आफू ब्राह्मणको पुत्र रहेको विश्वास दिलाए र सो ज्ञान लिए पनि । पछि परशुरामले यो पत्ता लगाए कि उनी सूर्य पुत्र हुन् भन्ने तब उनले कर्णलाई जब तिमीलाई यो विद्याको सबैभन्दा बढी आवश्यकता हुन्छ त्यही बेलामा तिमी यो विद्या भुल्नेछौँ भनी श्राप दिए ।
द्रौपदीले घटोत्कचलाई दिएको श्राप
जब घटोत्कच पहिलो पटक आफ्ना पिता भीमको कक्षमा आएका थिए । त्यहाँ आफ्नी माता हिडिम्बाको आज्ञा अनुसार उनले द्रौपदीको कुनै सम्मान दिएनन् । द्रौपदीलाई पनि आफ्ना अपमान भएको देखेर एकदमै रिस उठ्यो । उनले त्यही चिच्याएर भनिन् कि दुष्ट तैँले आफ्नो दुष्ट माताले भनेको सुनेर यस्तो व्यवहार गरिस् म माथि । तँ केही दिनमा नै लडाइँमा मर्नेछस् । उनको यो भनाई अनुसार नै त्यसैको केही दिनमा युद्धमा परी उनको ज्यान गयो ।
दुर्योधनलाई श्राप
एक पटक महर्षि मैत्रेय हस्तिनापुर गएथे। यहाँ पुगेर केही बेर विश्राम गरिसकेपछि उनलाई धृत राष्ट्रले सोधे भगवान् वनमा पाँच पाण्डव कुशलतापूर्वक त छन् नि ? महर्षिले उत्तर दिए उनीहरू कुशल छन् तर तिम्रा पुत्रहरूले जुवामा पाण्डवहरूलाई धोकाका साथ हराएर वनमा पठाएका हुन् । यो भनेर पछाडि फर्किएर दूर्याेधनसँग भने तिमी जान्दछौँ पाण्डवहरू कति धेरै वीर र शक्तिशाली छन् । त्यति भन्नासाथ आफ्नो अतिथि गृहको मूल ढोकामा ताला ठोकेर दूयौधनले ऋषिलाई भित्रै थुनिदिए । त्यही बेलामा महर्षिले उनलाई मेरो कुरा शान्तिपूर्वक सुन्न नसक्ने तँलाई भीमले परास्त गरी यही कोठामा तेरो काराबास गराइदेओस् भन्ने श्राप दिएको कारण भीमले दूर्याेधनलाई पराजित गरेका थिए ।