प्रधानमन्त्री ओलीको प्रश्न : सरकारलाई विश्वास गर्नु नपर्ने कुनै कारण छ ?
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
195
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्वास गर्नु नपर्ने कुनै कारण नरहेको दाबी गरेका छन् ।
‘राष्ट्रियताको प्रवर्द्धनका सवालमा सरकारले राम्रो काम गरेको छ, प्रश्न उठाउने कुनै ठाउँ छैन्’ सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेपछि सम्बोधन गर्दै उनले भने ।
यो सरकारलाई सबैखाले समस्यालाई समाधान गरेर अघि बढ्ने सन्दर्भमा विश्वास गर्नु नपर्ने कुनै कारण छैन्’ उनले भने,‘सत्यलाई पछ्याउने हो भने यो सरकार कुनै हिसाबले विश्वास गर्नु नपर्ने सरकार हुँदै होइन ।’
उनले संविधान संशोधनका लागि छलफल गर्न सकिने जनाउँदै सरकारले लिएका अडान र प्राप्त गरेका उपलब्धी आफैं बोलिरहेको पनि बताए ।
सरकारले सुशासनका पक्षमा समेत राम्रो काम गरेको उल्लेख गर्दै उनले सरकारले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई सुन्न सकिने बनाइएको र हिंसामा लागेकालाई शान्तिपूर्ण बाटोमा ल्याएको दाबी समेत गरे ।