प्रचण्डको प्रश्न: आफैंले विघटन गरेको संसदसँग मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीज्यू ?’
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
278
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा सवै सदस्यहरुलाई प्रधानमन्त्रीको विपक्षमा मत हाल्न आग्रह गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतसम्बन्धी राखेको प्रस्तावमाथि छलफलमा भाग लिंदै प्रचण्डले भने, ‘प्रधानमन्त्री जीले सवैलाई पक्षमा मत हाल्न भन्नुभयो। म भन्छु सवैले विपक्षमा भोट हालौं, एउटा ईतिहाँस बन्छ ।’
ओलीलाई विश्वासको मत माग्ने नैतिक अधिकार नरहेको बताउँदै प्रचण्डले ओली प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ विश्वासको मत लिन आएका हुन् कि भन्ने आशंका ब्यक्त गरे ।
नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत माग्नका लागि बोलाइएको अधिवेशनप्रति आशंका व्यक्त गर्दै प्रचण्डले भने, ‘अहिले विश्वासको मत लिने कुरा स्वाभाविक, प्राकृतिक छैन, नाटकीय छ ।’
‘आफैंले विघटन गरेको संसद, यिनै सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीज्यू ?’ प्रचण्डको प्रश्न थियो ।