लन्डन। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बलात्कारबारे गरेको टिप्पणीमा उनकी पूर्व पत्नी जेमीमा गोल्डस्मिथले समर्थन गरेकी छन्। पाकिस्तानी प्रधानमन्त्री खानले समाजमा बढ्दो अश्लीलता र विकृतिले बलात्कारलाई उक्साहट गरिरहेको टिप्पणी गरेका थिए।
प्रधानमन्त्री खानको टिप्पणीको आलोचना भए पनि उनकी पूर्व पत्नी जेमीमा गोल्डस्मिथले प्रधानमन्त्री खानको पक्षमा ट्विट गरेकी छन्। प्रधानमन्त्री खानको भनाइलाई गलत रूपमा अर्थ्याएर प्रस्तुत गरिएको गोल्डस्मिथले ट्विट गरेकी हुन्।
पुरुषहरूलाई पनि चाहना रोक्न लगाइने र संवेदनशील अङ्गको सुरक्षा गर्न लगाइने बताउँदै पुरुषहरूमाथि पनि जिम्मेवारी रहेको उनले ट्विट गरेकी छन्।
प्रधानमन्त्री खानको भनाई स्मरण गर्दै महिलामाथि नभएर पुरुषको आँखामा पर्दा लगाउनु पर्छ भन्ने गरेको पनि उनले ट्विट गरेकी छन् ।
केही समयअघि प्रधानमन्त्री खानले समाजमा बढ्दो विकृति र अश्लीलताका कारण बलात्कार जस्ता अपराधहरू बढिरहेको बताउँदै यस्ता विकृतिबाट समाज सुरक्षित हुन आवश्यक रहेको टिप्पणी गरेका थिए। पर्दा लगाउने प्रचलनको उद्देश्य शारीरिक चाहानाबाट जोगिनु रहेको प्रधानमन्त्री खानले बताएका थिए।
मुस्लिम र हिन्दु समुदायमा महिलाहरूले अनुहार छोप्न पर्दा लगाएर पुरुषको नजरबाट सुरक्षित रहने विश्वास रहिआएको छ। प्रधानमन्त्री खानले पर्दाको अर्थ महिलामाथि लैङ्गिक विभेदको रूपमा प्रयोग नगरेको प्रधानमन्त्री खानकी पूर्व पत्नी गोल्डस्मिथले बताएकी हुन्।