गगन थापाको वचन : जनताको जीवन जोगाउन केपी ओलीसँग मिलेर काम गर्न चाहन्छौं (भिडियो)
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १ शनिबार
256
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले पुनः प्रधानमन्त्रीको जिम्मेवारी पाएका केपी शर्मा ओलीसँग मिलेर काम गर्न आब्हान गरेका छन् ।
शनिवार थापाले भिडियोमार्फत प्रधानमन्त्री ओलीलाई अब केही दिन अन्य सबै कुरा छोडेर मन, ध्यान, शक्ति, उर्जा, संयन्त्र महामारीसंग जुध्न लगाउन सुझाव पनि दिएका छन् ।
थापाले अबको केही समय ओलीसँगका सबै असहमतिलाई विसाएर जनताको जीवन रक्षा गर्न साथमा उभिने बचन दिएका छन् ।
उनले भने, जनताको जीवन जोगाउन लाग्ने हो भने म र म जस्ता अन्य कयौंलाई नदीको अर्को किनारामा होइन तपाइँसँगै उभिएको पाउनुहुनेछ, तपाइलाई मद्दत गरिरहेको पाउनुहुनेछ, तपाइको सरकारलाई सफल बनाउन लागिरहेको पाउनुहुनेछ ।’
‘तपाईले एक पटक फेरि मौका पाउनुभएको छ, यो मौकालाई खेर नफालौं, यो पटक अलिक फरक ढंगले काम गरौं । तपाई र हामी मिलेर जीवनबाट आशा गुमाइसकेकाहरुलाई आशा दिने प्रयत्न गरौं, अक्सिजन नपाएर छटपटाइरहेकाहरुलाई सास दिने प्रयास गरौं । अनि आर्यघाटमा पुगेका लासहरुलाई घटाउने प्रयत्न गरौं । मिलेर काम गरौं’ थापाले भिडियोमार्फत भनेका छन् ।