ओलीको प्रश्न: संविधान अनुसार अघि बढ्दा कसरी ‘कू’ भयो, यो बर्मा हो र ?
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
125
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान अनुसार अगाडि बढ्दा ‘कू’ नहुने जिकिर गरेका छन् । ‘कू’ भनेको के हो ? संविधान अनुसार अगाडि बढ्दा कसरी ‘कू’ हुन्छ ? ओलीको प्रश्न थियो ।
आइतबार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले ‘कू’को गलत व्याख्या गरिएको पनि बताए ।आफूहरुले भनेजस्तो नभए प्रतिगमन भयो र कू भयो भन्ने प्रवृत्ति देखिएको बताउँदै ओलीले भने, ‘यहाँ साथीहरुले बुझ्नु भएको छ, के यहाँ बर्मा जस्तै भएको छ ?’
संविधान र लोकतान्त्रिक पद्धति अनुसार अगाडि बढ्दा कू नहुने उनको दाबी थियो । उनले प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा दायर गर्नुपर्ने अवस्था नरहेको पनि बताए ।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार बन्ने अवस्था नरहेपछि प्रतिनिधिसभा विघटनको अर्को कुनै विकल्प संविधानमा नरहेको उनको भनाइ थियो ।