लुम्बिनी प्रदेशतर्फ राष्ट्रियसभा उपनिर्वाचनका लागि निर्वाचन चिन्ह प्रदान
उम्मेदवारलाई निर्वाचन चिन्ह
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
633
Shares
फाइल तस्बिर
काठमाडौँ। निर्वाचन आयोगले १७ जेठमा हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका उम्मेदवारलाई निर्वाचन चिन्ह दिएको छ।
जसअनुसार नेपाली काँग्रेसका उम्मेदवार दृग नारायण पाण्डेयले रुख चिन्ह तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का चन्द्रबहादुर खड्काले सूर्य चिन्ह प्राप्त गरेका छन्। आयोगले आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन समेत गरेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको बताए।