स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट हटे डा. जागेश्वर गौतम, वीर अस्पतालको जिम्मेवारी सम्हाल्दै
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १० सोमबार
282
Shares
फाइल तस्बिर
काठमाडौँ। डा. जागेश्वर गौतमले वीर अस्पतालको अन्तर्गतको कोभिड युनिफाइड अस्पतालको नेतृत्व गर्ने भएका छन्। यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्ता रहेका डा. गौतमले आज बसेको मन्त्रिपरिषद्को बैठकले वीर अस्पतालको जिम्मेवारी दिएको हो। डा. गौतमले हाम्रा कुरासँग बोल्दै अब, आफूले वीर अस्पताल अन्तर्गतको जिम्मेवारी सम्हाले बताएका हुन्। वीर अस्पतालको नयाँ बनेको भवनले देशभरका कोरोना अस्पतालको नेतृत्व गर्ने भएको छ।
सोही अस्पतालको प्रमुखका रूपमा अब, डा. गौतमले नियुक्त भएका हुन्। स्वास्थ्य मन्त्रालयको प्रवक्तामा को आउँछन् भन्नेबारे आफूलाई अहिले जानकारी नभएको डा. गौतमले बताए।