गोरखा । गोरखामा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । गोरखाको सिरानचोक गाउँपालिका–१ को भीरसिंहमा यो घटना भएको हो ।
मृत्यु हुनेमा ३५ बर्षका भीमबहादुर गुरुङ र ४८ बर्षका काले गुरुङको माटोको ढिस्को पुरिएको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जना स्थानीय नै हुन् ।
प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालका अनुसार जिल्ला समन्यव समिति गोरखाका प्रमुख अशोककुमार गुरुङ घरको कम्पाउण्ड निर्माण गर्ने क्रममा उनीहरु पुरिएका हुन् ।
सोमबार दिउँसो करिब ३ बजेतिर कपाउण्डको जग खन्नेक्रममा ढिस्को खसेर उनीहरु पुरिएर उनीहरु गम्भीर घाइते भएका थिए ।
घटनालगत्तै स्थानीयबासी र प्रहरीसहितको टोलीले उद्धार गरी जौवारी स्वास्थ्य चौकीमा पुर्याएको भए पनि चिकित्सकले साँझ ७ बजे दुवैलाई मृत घोषणा गरेको हो ।
मृतकको शव पोष्टमार्टमका लागि अहिले स्वास्थ्य चौकीमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।