अमेरिकी सेना फिर्ता हुनेभएसँगै अफगानिस्तान स्थित दुतावास बन्द गर्दै अष्ट्रेलिया
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ११ मंगलबार
201
Shares
काठमाडौं। अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गर्ने भएसँगै अष्ट्रेलियाले काबुल (अफगानिस्तानको राजधानी) स्थित आफ्नो दुतावास भवन बन्द गर्ने भएको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र परराष्ट्रमन्त्री मारिस पेनले मंगलबार एक विज्ञप्तीमार्फत शुक्रबार नै काबुल स्थित दुतावास बन्द हुने बताएका हुन् ।
यद्यपि प्रधानमन्त्री मोरिसनले यो अस्थायीरुपमा बन्द हुने र चाँडै नै भविष्यमा खुला हुने अपेक्षा राखेका छन् । आधाभन्दा बढी अफगानिस्तान अहिले तालिबानको नियन्त्रणमा छ ।
तालिबानलाई समाप्त गर्ने या अफगानिस्तानमा शान्ति कायम गर्ने भनेर सन् २००१ देखि युद्ध थालेको अमेरिका सेना आउँदो सेप्टेम्बर ११ मा अफगानिस्तानबाट फिर्ता हुँदै छ ।
अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा सुरक्षा चिन्ता बढ्ने आशंका गरिएका छ । यसैबीच अष्ट्रेलियाले पनि सुरक्षाकै बिषयालाई लिएर आफ्नो दुतावास बन्द गर्ने भएको हो ।
यद्यपि, दुवैपक्षबीच कुटनीतिक भेटावर्ता र सम्बन्ध अन्य ठाउँ र माध्यमबाट कायम रहने अष्ट्रेलियाले जनाएको छ ।