व्यापार-व्यवसाय वा अन्य कुनै क्षेत्रमा सफलताको लागि सम्झनुस् चाणक्यका यी कुरा
चाणक्य नीति,
प्रकाशित २०७८ जेठ ११ मंगलबार
220
Shares
चाणक्य नीति शास्त्रमा आचार्य चाणक्यले सफलताको अटल मन्त्र दिएका छन्, जुन सैद्धान्तिक भन्दा व्यावहारिक छन्। यस कारणले चाणक्य नीतिको उपयोगिता अझै प्रासङ्गिक छ। यदि व्यक्तिले आफ्नो जीवनमा चाणक्य नीतिका अपनाए ऊ कहिले असफल हुन सक्दैन। उसले सबै क्षेत्रमा सफलता प्राप्त गर्दछ। चाणक्य नीतिका यी विशेष चीजहरू निम्न हुन्:
यस्मिन् देशे न सम्मानो न वृत्तिर्न च बान्धवाः। न च विद्यागमोऽप्यस्ति वासस्तत्र न कारयेत् ॥
चाणक्य नीति अनुसार जुन देशमा सम्मान छैन, जीवनयापन गर्न गाह्रो होस, कुनै दाजुभाइ नरहेको होस र जहाँ शिक्षा र अध्ययन सम्भव छैन, यस्तो ठाउँमा बस्नुहुन्न।
यो ध्रुवाणि परित्यज्य ह्यध्रुवं परिसेवते। ध्रुवाणि तस्य नश्यन्ति चाध्रुवं नष्टमेव तत् ॥
अर्थ: जो व्यक्ति निश्चितलाई छोडेर अनिश्चितको सहारा लिन्छ, उसको निश्चित र अनिश्चित पनि नष्ट नै हुन्छ ।
कामधेनुगुणा विद्या ह्ययकाले फलदायिनी। प्रवासे मातृसदृशा विद्या गुप्तं धनं स्मृतम्॥
विद्यालाई कामधेनु जस्ता गुण दिनेवाला मानिन्छ, जसले खराब समयमा पनि फल दिन्छ, प्रवासको समयमा आमा समान तथा गोप्य सम्पत्ति हो।
कः कालः कानि मित्राणि को देशः को व्ययागमोः। कस्याहं का च मे शक्तिरिति चिन्त्यं मुहुर्मुहुः॥
व्यक्तिले यी चीजहरूको बारेमा बारम्बार सोच्नु पर्छ - समय कस्तो छ ? को साथी हो ? कस्तो स्थान हो ? आय व्यय के हो? म कसको र मेरो शक्ति के हो?
आलस्योपहता विद्या परहस्तं गतं धनम्। अल्पबीजहतं क्षेत्रं हतं सैन्यमनायकम्॥
आलस्यबाट विद्याको नष्ट हुन्छ।अर्कोको हातमा धन जाँदा धन नष्ट हुन्छ। कम बीजले खेत र बिना सेनापति सेना नष्ट हुन्छ।
तावद् भयेषु भेतव्यं यावद्भयमनागतम्। आगतं तु भयं दृष्टवा प्रहर्तव्यमशङ्कया॥
सङ्कटहरू सँग तब सम्म डराउनुपर्दछ जब सम्म टाढा छ, तर यदि सङ्कट छायो भने, त्यसमाथि शङ्कारहित भएर प्रहार गर्नुपर्दछ।