इन्डोनेसियाली बेपत्ता पनडुब्बी खोजीमा भारतीय नौसेना परिचालन
एजेन्सी
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
206
Shares
फाइल तस्बिर
नयाँ दिल्ली। इन्डोनेसियाको बेपत्ता पनडुब्बी खोजीका लागि भारतले नौसैन्य विमान पठाएको छ। इन्डोनेसियाको बेपत्ता पनडुब्बी खोजी गर्न सहयोगका लागि भारतले डीएस्आर्भी नौसैन्य विमान इन्डोनेसिया पठाएको हो। भारतले विसाखापट्नम बन्दरगाहबाट डीएस्आर्भी नौसैन्य विमान इनडोनेसियातर्फ पठाएको हो।
इन्डोनेसियाको केआई नाग्गला पनडुब्बी चालक दलका ५३ जना सदस्यसहित बेपत्ता रहेको छ। इन्डोनेसियाको टापु बालीबाट २५ माइल उत्तरी क्षेत्रमा नौसैन्य अभ्यासमा रहेको पनडुब्बी बेपत्ता भएको इन्डोनेसिया नौसेनाले बताएको छ।
बेपत्ता पनडुब्बी खोजी गर्न सहयोगका लागि भारतले नौसैन्य विमान पठाएको भारतीय रक्षा मन्त्री राजनाथ सिंहले बताएका छन्। इन्डोनेसियाली रक्षा मन्त्री प्रबोवो सुवियान्टोसँग फोन वार्तामा भारतीय रक्षा मन्त्री सिंहले आवश्यक सबै सहयोग गर्ने बताएको इन्डियन एक्सप्रेसले लेखेको छ।