काठमाडौं । सरकारले कोरोना बिरुद्धको खोपको व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड छुट्याएको छ । अर्थमन्त्री विषणु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै खोपको व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड छुट्याइएको बताएका हुन् ।
पौडेलले कोभिड नियन्त्रण गर्न बजेट केन्द्रित भएको र बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाएका छन् । निशुल्क पीसीआर परीक्षण र अक्सिजन उत्पादनमा विद्युत महशुलमा ५० प्रतिशत छुट दिने पनि उनले बताए । अन्तर्राष्ट्रिय नाका र विमानस्थलमा हेल्प डेक्स राख्ने साथै निःशुल्क खोप उपलब्ध गराउन खोप अभियानलाई पूर्णता दिने पनि बताए ।
सरकारले अध्यादेशबाट नै आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्नेक्रममा पौडेले कोभिडका लागि बजेट छुट्याएका हुन्
।अध्यादेशबाटै वजेट ल्याउनका लागि शनिबार विहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।