काठमाडौं । सरकारले नेपाल भ्रमण आउने विदेशी पर्यटकलाई एक महिनाको भिसा शुल्क निशुःल्क गर्ने घोषणा गरेको छ ।
आर्थिक बर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल भम्रणमा आउने विदेशीलाई एक महिनाको भिसा निःशुल्क गराएका हुन् । त्यस्तै सरकारी कर्मचारीलाई १० दिनको तलबसहित पर्यटन काज विदा दिने समेत घोषणा गरेको छ ।