काठमाडौं । कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण तहसनहस भएको चलचित्र क्षेत्रलाई बजेटले केही राहत दिएको छ ।
सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले चलचित्र क्षेत्रलाई इजाजत एवं नवीकरण दस्तुरमा छुट दिने बताएका हुन् ।
उत्पादनमूलक उद्योगहरूलाई उक्त छुट दिइएको हो । बजेटले चलचित्रसँगै हस्तकला, हवाइ सेवा, सञ्चार गृह, विज्ञापन सेवा, हेल्थ क्लव, ब्युटी पार्लरले पनि इजाजत दस्तुर निःशुल्क गराएको छ ।