काठमाडौं । सरकारले गरिबी निवारण कोष खारेज गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै गरिबी निवारण कोष खारेज गर्ने घोषणा गरेका हुन् ।
उनले गरिबका लागि परिचय पत्र बनाएर गरिबका लागि नयाँ कार्यक्रम ल्याइने घोषणा गरे ।