काठमाडौँका उद्योगलाई मकवानपुरको मयुरधापमा स्थानान्तरण गरिने
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
215
Shares
फाइल तस्बिर
काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकालाई ‘स्वच्छ काठमाडौँ’ बनाउने नीति लिएको छ। सो नीति अन्तर्गत काठमाडौँमा रहेका उद्योगहरूलाई मकवानपुरको मयुरधापमा स्थानान्तरण गर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए।
उनले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै त्यसरी स्थानान्तरण गरिने उद्योगलाई १० वर्षका लागि सरकारले लिजमा जग्गा उपलब्ध गराउने बताए।