काठमाडौं । सरकारले वि.स. २०८८ सालसम्म डिजेल र पेट्रोलबाट चल्ने सवारी साधन विस्थापित गर्ने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै डिजेल र पेट्रोलबाट चल्ने सवारी साधन विस्थापित गर्ने नीति अपनाउने बताएका हुन् । विद्युत सवारी साधन प्रयोगलाई प्रोत्साहन गर्दै उक्त नीति अघि सारिएको हो ।
त्यस्तै पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रुपान्तरण गरे सरकारले नवीकरण शूल्क र मर्मत् सम्भार दस्तुरमा छुट दिने भएको छ ।