बजेट भाषण : आँबुखैरेनीमा बालसुधारगृह निर्माण गरिने
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
104
Shares
फाइल तस्बिर
काठमाडौँ। सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा बालसुधारगृह निर्माण गर्ने भएको छ। आगामी आर्थिक वर्ष ०७८-७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढकालटारमा बालसुधारगृह निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी गराए।
ढकालटारमा बालगृह स्थापनाका लागि गत चैतमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले स्थलगत अनुगमन गरेकी थिइन। नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्न लागेको छ।
ढकालटारमा प्राधिकरणको स्वामित्वको ५४ रोपनी जग्गा छ। त्यसमध्ये २८ रोपनी जग्गामा बालगृह निर्माण गरिनेछ। आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले आँबुखैरेनीमा बालसुधार गृह निर्माण गर्ने सरकारको निर्णयप्रति धन्यवाद ज्ञापन गरे।