काठमाडौं । सरकारले निजामती कर्मचारीको तलब २ हजार रुपैयाँ बढाएको छ । महंगी भत्ता भने यथावत राखेको छ ।
कोरोनाका कारण तलब बढाउने अवस्था नभएको भन्दै कर्मचारीको मनोबल घट्न नदिन न्यूनतम मात्रै भए पनि तलब बढाइएको अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिए ।
पौडेलले शनिबार आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै कर्मचारीका लागि सातै प्रदेशमा सामूहिक आवास बनाइनेसमेत घोषणा गरे । यथावत राखिएको भत्ता २ हजार रुपैंयाँलाई निरन्तरता दिइएको हो ।
बढेको तलब निजामतिबाहेक प्रहरी, सेना, शिक्षक र प्राध्यापकहरुका लागि पनि लागू हुने छ।