काठमाडौं । एमाले नेता योगेश भट्टराईले शनिबार सरकारले प्रस्तुत गरेको आगामी बर्षको बजेट जनमुखी भएपनि कार्यान्वयन गर्न चुनौति गरेको बताएका छन् ।
ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन गरी ‘स्व.रविन्द्र अधिकारी विमानस्थल’राखिएकोमा आपत्ति जनाएका भट्टराईले बजेट कार्यान्वयनमा जटिलताहरु रहेको जनाएका हुन् ।
उनले आइतबार सामाजिक संजालमा लेखेका छन्,‘अर्थमन्त्री माननीय बिष्णु पौडेलले हिजो सार्वजनिक गर्नुभएको आब २०७८/७९ को बजेट मुलतः जनमुखी छ । हरेक बजेटका चुनौती जस्तै यो बजेटका पनि कार्यन्वयन, पुंजिगत खर्च कम हुने, राजनीतिक र प्रशासनिक नेतृत्वमा ईच्छाशक्तिको कमी, राजश्वको लक्ष्य नभेटाउने, राष्ट्रिय उत्पादनमा प्रगति नहुने लगायतका चुनौती भने यो बजेटका सामू पनि विद्यमान छन । यी चुनैतीमाथि बिजयप्राप्त गर्न अर्थमन्त्रीजीलाई सफलता मिलोस ।’