महन्थ ठाकुरले उपेन्द्रलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन
'बाबुरामजी आयातित नेता भएकाले अहिले निर्णय गरेका छैनौ'
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ जेठ १८ मंगलबार
756
Shares
फाइल तस्बिर
काठमाडौँ। उपेन्द्र यादवले पार्टीबाट निकालेको लगत्तै महन्थ ठाकुर पक्षले पनि उपेन्द्रलाई यादवलाई निकालेको छ। ठाकुरले उपेन्द्रलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरिएको ठाकुर निकट नेता डा.सुरेन्द्र झाले बताए। ‘उपेन्द्र जीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गर्ने निर्णय गरेका छौ’ झाले भने,‘केही बेरमा औपचारिक निर्णय बाहिर आउँछ।’
मधेसको हित विपरीत गतिविधि गरेको, मधेसका मुद्दा सम्बोधन हुने बेला उल्टै सम्बोधन हुन नदिने काममा सक्रिय रहेको जस्ता आरोप उपेन्द्रमाथि लगाइएको झाले बताए।
झाका अनुसार ठाकुर पक्षले यादवलाई मात्र पार्टीबाट निष्कासित गर्ने निर्णय गरेको छ। यादवले भने ठाकुर लगाए राजेन्द्र महतो, सर्बेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निकाल्ने निर्णय गरेका छन्।
ठाकुर पक्षका एक नेताले भने,‘बाबुरामजी आयातित नेता भएकोले उहाँलाई अहिले नै पार्टीबाट निष्कासन गर्ने निर्णय गरेका छैनौ।’
दुवै पक्षले गत आइतबार एकले अर्कोलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणको जवाफ कसैले दिएका थिएनन्।