सात दिनभित्र सेवाशुल्क सार्वजनिक गर्न सम्पूर्ण अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १८ मंगलबार
132
Shares
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामुदायिक, सरकारी एवं नीजि अस्पतालहरुलाई सात दिनभित्र सेवाशुल्क सार्वजनिक गर्न निर्देशन दिएको छ ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै विभिन्न अस्पतालले अत्यधिक शुल्क लिइरहेको पाइएपछि सात दिनभित्र सबै अस्पतालाई सबै किसिमका सेवाहरुको शुल्कहरु सर्वाजनिक गर्न निर्देशन दिएको हो ।
मन्त्रालयका महाशाखा प्रमुख डा. मदन कुमार उपाध्यायद्वारा जारी विज्ञप्तीमा सो शुल्क वेबसाइटबाट र अन्य माध्यमबाट सार्वजनिक गर्न समेत निर्देशन दिइएको छ ।