नेपालगन्जमा कम्प्रेसर पड्किंदा एकको मृत्यु, दुई जना घाइते
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २२ शनिबार
581
Shares
नेपालगन्ज । मिलमा रंग लगाउने क्रममा कम्प्रेसर मेसिन पड्किँदा बाँकेमा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ बिर्तामा रहेको किसान फिड मिल प्रालिमा रंगरोगन गर्ने क्रममा शनिवार विहान साढे ९ बजे कम्प्रेसर मेसिन पड्किँदा मिलमा कार्यरत बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १९ का २५ वर्षीय साविराज मियाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा परेर त्यहीं कार्यरत अर्का दुई मजदुर इसराद्दिन मियाँ र नसरुद्दिन मियाँ घाइते भएको भएका छन् । घाइतेहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।