पाकिस्तान र इरानको सीमा क्षेत्रमा अलपत्र चार जनाको भोक कै कारण मृत्यु
एजेन्सी
प्रकाशित २०७८ जेठ २३ आइतबार
215
Shares
फाइल तस्बिर
मक्रन। पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित इरानसँगको सीमा क्षेत्रमा अलपत्र परेका चार सवारी चालकको भोकमरीले ज्यान गएको छ। पाकिस्तानले इरानसँगको सीमा बन्द गरेपछि सीमा क्षेत्रमा अलपत्र परेका चार सवारी चालकको भोकमरीका कारण ज्यान गएको हो।
सीमा बन्द भएपछि इरानी पेट्रोल तथा डिजेल बोकेको सयौँ सवारीहरू सीमा क्षेत्रमै अलपत्र परेका थिए। पाकिस्तानले इरानसँगको ग्वादर, तुर्बत, पन्जगुर सीमाहरू बन्द गर्दै इरानबाट पाकिस्तान भित्रिएका सवारीहरूलाई चेक पोस्टमा रोक्ने गरेको थियो।
सीमा क्षेत्रमै अलपत्र परेका चार जना इन्धन वाहक सवारीचालकहरूको खाद्यान्नको अभावमा ज्यान गएको बताइएको छ।
इरानसँग पाकिस्तानले व्यापार ठप्प गरेको विरोधमा ग्वादर क्षेत्रमा प्रदर्शन भएको छ। सीमा क्षेत्र मक्रनका बहुसङ्ख्यक स्थानीयहरू इरानसँग व्यापार गतिविधिमा निर्भर हुने गरेको सीमा व्यापार सङ्घका अध्यक्ष मोहम्मद अस्लामले बताएको याहु फाइनान्सले लेखेको छ।