सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले विश्वासको मत लिने
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २४ सोमबार
451
Shares
फाइल तस्बिर
काठमाडौँ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलवार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। आइतवार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भए अनुसार सरकारले आज विश्वासको मत लिन खोजेको तर नेपाली काँग्रेसले विरोध गरेपछि विश्वासको मत लिने कार्य मङ्गलवारका लागि सरेको नेपाली काँग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले जानकारी दिए।
सुदूरपश्चिममा नेकपा (एमाले)को समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार रहेकामा स्थायी कमिटी बैठकले समर्थन यही जेठ १० गते फिर्ता लिएको थियो। प्रदेश संसदीय दलको बैठकले भने समर्थन कायम राख्ने निर्णय गर्दै आफ्ना तर्फबाट मन्त्रीसमेत फेरबदल गरेको थियो।