डब्ल्यूएचओले लाचारी देखायो, भन्छ – कोभिडको उत्पत्तिबारे चीनबाट थप जानकारी माग्न सक्दैनौं
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २५ मंगलबार
208
Shares
काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको उत्पत्तिको बिषयमा चीनलाई थप जानकारी दिनका लागि बाध्य गर्न नसक्ने बताएको छ । डब्ल्यूएचओको आपतकालीन कार्यक्रमका निर्देशक माइक रायनले सोमबार पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।
कोरोना भाइरसको उत्पत्ति कसरी भएको थियो भन्ने बिषयमा थप जानकारीका लागि चीनलाई दबाब कसरी दिने भन्दै गरिएको प्रश्नको जवाफमा रायनले यस्तो जवाफ दिएका हुन् । 'यो सम्बन्धमा थप बाध्य पार्नका लागि डब्ल्यूएचओको क्षमता छैन, तर हामी सबै सदस्य राष्ट्रसँग सहकार्यका लागि आग्रह गर्नेछौं', उनले भनेका छन् ।
पछिल्लो समय कोरोना भाइरसको उत्पत्तिका बिषयमा थप अध्ययन गर्न आवश्यक रहेको माग विश्वभरका वैज्ञानीकहरुले गरेका छन् ।
जनावर जस्तै कि चमेरोबाट कोरोना भाइरस मानिसमा सरेको हुनसक्ने एक तथ्य छ भने चीनको वुहानमा रहेको प्रयोगशालाबाट लिक भएको हुनसक्ने अर्काे तथ्य छ ।
यी दुवैमध्ये एउटा तथ्यलाई मान्न सक्ने पर्याप्त आधार नहुँदा थप अध्ययनका लागि माग गरिएको छ । यद्यपि चीनले थप अध्ययन गर्न अस्विकार गरेको छ भने, उसले आफ्नो ल्याबबाट भाइरस लिक नभएको दाबी गर्दै आएको छ ।