पाँचथरमा पिकअप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु
जितेन्द्र भण्डारी,
प्रकाशित २०७८ जेठ २५ मंगलबार
519
Shares
पाँचथर । मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ ६ टाहारीमा मङ्गलवार बिहान ९ बजे भएको पिक अप दुर्घटनामा परेर २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी रहेका छन् ।
ताप्लेजुङको थेचम्बुका लागि खाद्यान्न सामग्री लिएर जाँदै गरेको पिक अप पाँचथरको हिलिहाङ गाउँ पालिका ६ टाहारी नजिकै अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताए ।