काठमाडौं । डीपीएस ग्रुपले नेपाल पत्रकार महासंघलाई पाँच सय थान सर्जिकल मास्क र एक सय थान फेस सिल्ड प्रदान गरेको छ ।
कोरोना महामारीका बीचमा जनतालाई सुसुचित गराउन महत्वपूणर् भूमिका निर्वाह गरेका पत्रकारहरुका लागि दैनिक रिर्पोटिङमा सहज होस भन्दै सहयोग स्वरुप ती स्वास्थ्य सामग्री प्रदान गरिएको सो ग्रुपका संयोजक तेबेन्द्ररत्न शाक्यले बताए ।
पत्रकार महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झा र पत्रकार महासंघ काठमाडौं शाखाका सचिव महेश्वर गौतमलाई शाक्यले ती सामग्री संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
सो ग्रुपमा दिनेश, प्रधुम्न र सविन गरी तीन व्यक्ति आबद्ध छन् भने शाक्य सो ग्रुपका संयोजक छन् । उनी कांग्रेस काठमाडौं क्षेत्र नं ८ का नेतासमेत हुन् ।
सो स्वास्थ्य सामग्री बुझ्दै महासंका उपत्यका प्रदेश अध्यक्ष झाले डीपीएस ग्रुपका संयोजक शाक्यप्रति आभार व्यक्त गर्दै प्राप्त सामग्री प्रदेश समिति मातहतका शाखालाइ प्रदान गरिने बताए । महासंघ काठमाडौंका सचिव गौतमले महामारीमा प्राप्त स्वास्थ्य सामग्रीले पत्रकारहरुको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने बताए ।