arrow

आलेले भने - पत्रकारलाई धम्की दिएको छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २५ मंगलबार
prem-ale.jpg

काठमाडौँ । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की नदिएको बताएका छन् । उनले विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 

उनले आज एक विज्ञप्ति प्रकासित गरी नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाका पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकासित भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

राष्ट्रको चौथो अङ्गका रूपमा रहेको पत्रकार तथा पत्रिकारिता क्षेत्रको उच्च सम्मान गर्दै आफूले पत्रकारका समस्याका विषयमा जहिले पनि समाधान गर्न लागि परेको र अबका दिनमा पनि सहयोग गरी रही रहने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । 

उनले विज्ञप्तिमा भनेका छन् – 'बिना कारण मेरो चरित्र हत्या गर्ने खालका समाचार सम्प्रेषण नगरी दिनसमेत सबैमा आग्रह गर्दछु ।' 



लोकप्रिय समाचार
नयाँ