नेपाललाई खोप दिन १६ बेलायती सांसदले लेखे विदेशमन्त्रीलाई पत्र
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २६ बुधबार
609
Shares
काठमाडौं । बेलायतका १६ जना सांसदले नेपाललाई आपतकालिन अवस्थामा उल्लेख्य मद्दत हुन नपुगेको भन्दै विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेका छन् ।
तीन पृष्ठ लामो पत्रमा नेपाललाई अहिले खोप सबैभन्दा महत्वपूर्ण आवश्यक रहेको र अन्य मेडिकल उपकरणहरु पनि प्रभावकारी तरिकाले पुग्न नसकेको उल्लेख छ ।
कोभ्याक्स सुविधाबाट २० लाख डोज खोप उपलब्ध गराउन पहल चालिए पनि सन् २०२१ को अन्त्यसम्म भारतले खोप उपलब्ध गराउन नसक्ने अवस्थताका कारण अन्य माध्यमबाट खोप उपलब्ध गराउन भन्दै सांसदहरुले पत्र लेखका हुन् ।
नेपाललाई मुख्य प्राथमिकतामा राखेर अन्य मुलुकहरुलाई दिने भनिएका वा भण्डारमा रहेका खोपहरु उपलब्ध गराउनसमेत पत्रमा उल्लेख गरिएको छ ।