प्रतिनिधि सभा विघटनको मुद्दामा कारण देखाउ आदेश, असार ९ गतेदेखि निरन्तर सुनुवाइ
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २६ बुधबार
518
Shares
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्बोच्च अदालतले कारण देखाउ आदेश दिएको छ । साथै यी मुद्दामा असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने निर्णय पनि गरेको छ।
बुधवारको इजलासले रिट निवेदकको माग अनुसार किन आदेश जारी नगर्ने भन्दै विपक्षीको नाममा कारण देखाउ आदेश दिएको हो।
बुधबार न्यायाधीश इश्वर खतिवडाले शुरुवातमै बोलेका थिए । उनले इजलासका विषयमा अब प्रश्न नगर्न सचेत गराएका थिए । त्यसपछि उनले २९ वटा रिट एकातिर र शेरबहादुर देउवासहितका सांसदहरुको रिट एकातिर राखेर सुनुवाई गरिने इजलासमा जानकारी गराएका थिए ।
सर्वोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद् र प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफ पेश गर्नु पनि भनेको छ । त्यस्तै सांसदहरुको रिटमा बुधवार पनि संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ भएको छ ।