पोखरा । बिहीबार दिउसो पक्राउ परेका नेपाली कांग्रेसका नेता गणेश लामा रिहा भएका छन् । उनलाई जिल्ला प्रशासन कार्यालय कास्कीले आज दिउसो २ः४५ बजे रिहा गरेको हो ।
कास्कीमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले नेता लामासहित तीन जनालाई नै रिहा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास हमालले जानकारी दिए ।
डिएसपी हमालका अनुसार पक्राउ परेका लामासहित तीनै जना जनही दुई हजार रुपैयाँ जरीवाना बुझाएर रिहा भएका हुन् ।
यसअघि विनाशर्त रिहा हुने भनिएपनि प्रजिअ गौतमले अन्तिममा सामान्य जरीवाना रकम मागेको बताइएको छ ।