लुम्बिनीमा सङ्क्रमण दर ४७ प्रतिशतबाट २४ प्रतिशतमा झर्यो
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
661
Shares
काठमाडौँ। लुम्बिनी प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण दर ४७.७६ प्रतिशतबाट घटेर २४.३२ प्रतिशतमा झरेको छ। पछिल्ला चार साताको तथ्याङ्क हेर्दा लुम्बिनी प्रदेशमा सङ्क्रमण दर उल्लेख्य रूपमा घटेको देखिएको हो।
चार साता अघि अर्थात् गत वैशाख ३१ देखि जेठ ६ गतेसम्मको तथ्याङ्क हेर्दा लुम्बिनी प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण दर ४७.७६ प्रतिशत पुगेको थियो।
यो सात दिनको अवधिमा १८ हजार ५ सय ६४ जनाको सङ्क्रमण परीक्षण गरिदा ८ हजार ८ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
त्यसपछि साता अर्थात् जेठ ७ गतेदेखि जेठ १३ गतेसम्म सातको दिनको तथ्याङ्क हेर्दा सङ्क्रमण दर घटेर ३०.६९ प्रतिशत पुगेको देखिन्छ।
यो अवधिमा १४ हजार २ सय ७८ जनाको नमुना परीक्षण गरिदा ४ हजार ३ सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
गत साता अर्थात् जेठ १४ देखि जेठ २० गतेसम्मको तथ्याङ्क हेर्दा सङ्क्रमण दर २७.७६ प्रतिशत पुगेको छ। यो सात दिनको अवधिमा ११ हजार ६ सय ८० जनाको नमुना परीक्षण गरिदा ३ हजार २ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
यो साता अर्थात् जेठ २१ देखि २७ गतेसम्म आइपुग्दा सङ्क्रमण दर २४.३२ प्रतिशतमा झरेको छ। यो साता ९ हजार २ सय ३१ जनको नमुना परीक्षण गरिँदा २ हजार २ सय ४५ जनामा सङ्क्रमण पुष्टि भएको छ।
चार साताको तथ्याङ्क नियाल्दा लुम्बिनी प्रदेशमा ४७.७६ प्रतिशत पुगेको सङ्क्रमण दर २४.३२ प्रतिशतमा झरेको छ।