संसद भवनअघि नेविसंघको प्रदर्शन, केही विद्यार्थी पक्राउ
हाम्रा कुरा
प्रकाशित २०७८ असार १ मंगलबार
603
Shares
काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल विद्यार्थी संघले संसद भवनअघि प्रदर्शन गरेको छ ।
प्रदर्शनका क्रममा केही विद्यार्थी पक्राउ परेका छन् । बानेश्वरस्थित संसद भवन अघि प्रदर्शन गर्नेक्रममा प्रहरी र विद्यार्थीबीच केहीबेर घम्साघम्सी भएको थियो ।
सरकारविरुद्ध नारा लगाउँदै प्रदर्शन गर्नेक्रममा नेविसंघ आरआर क्याम्पसका इकाइ अध्यक्ष सन्जिब ढकाल, नेबि संघ नेताहरू मनिस सिम्खडा, मनिस रायमाझी, रमित खड्का, मनिस खड्का, अन्जन राजलगात पक्राउ परेको नेविसंघ महामन्त्री उर्मिला थपलियाले जनाएकी छिन् । पक्राउ परेका विद्यार्थीहरुलाई विनाशर्त रिहा गर्न पनि थपलियाले माग गरेकी छिन् ।