arrow

शताब्दी पुरुष जोशी अस्पतालबाट फर्किए घर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ४ शुक्रबार
satyamohan-Joshi.jpg

ललितपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी दशौँ दिनमा अस्पतालबाट घर फर्किएका छन् ।  उनलाई श्वासप्रश्वास, छाति,मुटुका चालमा समस्या तथा रक्तचापमा समेत कमी देखिएपछि ग्वार्काेस्थित किष्ट शिक्षण अस्पतालमा गत जेठ २६ गते भर्ना गरी उपचार शुरुआत गरिएको थियो । 

उनको स्वास्थ्यमा पूर्ण सुधार भएपछि शुक्रवार दिउँसो घर पठाइएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जानकारी दिए । उनले भने, “शताब्दी पुरुषका छातिमा समस्या देखिएपछि हामीले  अस्पतालमा भर्ना गरेका थियौँ । उनमा कोरोना सङक्रमणको  पनि परीक्षण भयो ।  सङ्क्रमण  देखिएन । रक्तचाप नियन्त्रणमा आएको छ । क्षयरोगको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । ” 

लामो उमेरका कारण निमोनियाले असर गर्ला भनी नौ दिन अस्पतालमा राखेर दशौँ दिनमा घर पठाएको निर्देश बज्राचार्यले जानकारी गराउनुभयो । उनले एकहप्तापछि फलोअपका लागि शताब्दी पुरुषलाई चिकित्सकले स्वास्थ्य जाँच  गर्नेछन् ।  अस्पतालले केही समय पहिले शताब्दी पुरुष जोशी र उनका धर्मपत्नी राधादेवीको शुक्रवारीवन निः शुल्क उपचार गर्ने प्रतिवद्धता जनाएको थियो ।  नेपाली भाषा, कला, संस्कृतिको संरक्षणमा विशेष योगदान दिँदै आएका शताब्दी पुरुष जोशी गत वैशाख ३० गतदेखि १०१ वर्ष पुरा गरी १०२ वर्षमा प्रवेश गरेका छन् ।



लोकप्रिय समाचार
नयाँ