पोखरा । आँधीखोलाले बगाउँदा स्याङ्जामा एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं.४ राङकोषका ४५ वर्षका मनबहादुर थापा रहेका छन् ।
शनिबार दिउसो २ः३० बजेतिर आँधीखोला तर्नेक्रममा उनलाई खोलाले बगाएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।