arrow

सरकारले ‘हात उठाए’ महानगरले आफैं खोप ल्याउँछ : मेयर पराजुली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
bhim-parajuli.jpg

काठमाडौं । विराटनगर महानगरपालिकाले कोरोना विरुद्धको खोपका लागि अन्तर्राष्ट्रिय दाताहरुसँग सहयोग मागेको छ । 

केन्द्र र प्रदेश सरकारबाट समयमै खोप व्यवस्थापन गर्न नसकेको भन्दै अन्तर्राष्ट्रिय दाताहरुसँग स्वास्थ्य सामाग्री साथै खोप सहयोगको अपेक्षा गरेको हो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले हाम्राकुरासँग भने, ‘सरकारबाट सहयोग नभए दाताहरुमार्फत  महानगरबासीलाई जसरी खोप उपलब्ध गराउँछौं ।’

‘सरकारले यदि सक्दैन भने महानगरको निजी क्षेत्र, स्थानीय र नागरिक समाज एकजुट भएर खोप ल्याउँछौं तर अहिले केन्द्र र प्रदेश सरकारलाई अनुरोध गरेका छौं,’ उनले भने ।

नगर प्रमुख पराजुलीले शनिबार मात्र विज्ञप्ति जारी गर्दै अहिलेको अवस्थामा खोप एक मात्र विकल्प भएको र खोप अभावका कारण कोरोना नियन्त्रण गर्न नसकिएको भन्दै गैर सरकारी संस्था तथा दाताहरुसँग गुहार मागेका थिए ।

उनले यसअघि महानगरलाई सहयोग गरिरहेका दाता, भगिनी सम्बन्ध भएका शहर तथा विदेशी नियोगहरुलाई खोप उपलब्ध गराइदिन अनुरोध गरेका छन् ।

महामारीको यस्तो अवस्थामा केन्द्र र प्रदेश सरकार जनताप्रति उत्तरदायी नभएको र स्थानीय तहलाई पनि आवश्यक सहयोग नगरेको उनको गुनासो छ ।

महानगरले भगिनी सम्बन्ध कायम भएका चीनका उहान, उहुँ शहर, अमेरिकी सहयोगी संस्था युएसआइडी, जापानको जाइका तथा सिटिनेट डिआरआरलाई खोप उपलब्ध गराउन आग्रह गरेको छ । सबै संस्था तथा निकायहरुलाई पत्राचार गरेर खोप उपलब्धताका लागि आग्रह गरिएको मेयर पराजुलीले बताए ।

बेलायतको डिएआइडी, स्विजरल्यान्डको हेल्विटास, कोरियाको काइका र सिटिनेट सचिवालय सियोल भारत जर्मनीलगायतका देशहरुका दूतावासमार्फत खोप सहयोग गर्न महानगरले आग्रह गरेको छ । त्यस्तै मेयर पराजुलीले महानगरले यसअघि पनि ति दाताहरुले आवश्यक पर्दा सहयोग गर्दै आएको र अब खोपका लागि अनुरोध गर्दा सहयोग मिल्ने विश्वास व्यक्त गरे 



लोकप्रिय समाचार
नयाँ