सडक दुर्घटनामा निधन भएका धनकुटा कांग्रेसका जिल्ला सचिव थापाको अन्त्यष्टी
पार्टी कार्यालयमा झण्डा झुकाइयो
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
760
Shares
धनकुटा। सवारी दुर्घट्नमा परी निधन भएका नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव कृष्ण थापाको पार्थिव शरीरमा चारतारे झण्डा ओढाएर सम्मानपूर्वक धनकुटाको तमोर नदी मुलघाटमा अन्त्यष्टी गरिएको छ ।
नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, जिल्ला सचिव विजय सन्तोषी राई, रविन्द्र नेपाल,कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्य तथा पाख्रिवास नगरपालिकाका संयोजक ज्ञानु गुरुङ्ग लगायत जिल्ला सदस्यहरू, क्षेत्रीय सभापति इन्दिरा थापा, पाख्रिवास नगरपालिका वडा नं. ७ वडा सभापति पूर्ण बहादुर राई, नेपाल महिला संघ धनकुटका जिल्ला उपाध्यक्ष अम्बिका धमला लगायतका वडा सभापतिहरूले जिल्ला सचिव स्वर्गीय कृष्ण थापाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
धनकुटाबाट झापा जाने क्रममा मोरंगको विराट चौकमा सवारी दुर्घटनामा परी कांग्रेस जिल्ला सचिव कृष्ण थापाको निधन भएको हो । ४५ वर्षको उमेरमा निधन भएका थापाको बुवा फणीन्द्र थापा,आमा नानीमाया थापा,श्रीमती कमला थापा र रिता केशी,छोरी सिर्जना थापा,छोरा रोमियो थापा हुनुहुन्छ ।
धनकुटा जिल्ला पाख्रिवास नगरपालिका वडा नं. ७ निवासी नेपाली कांग्रेस धनकुटका सचिव तथा युवा समाजसेवी थापाको निधनले नेपाली कांग्रेस धनकुटाले कुशल संगठनकर्ता र असल नेता गुमाउनु पर्दा नेपाली कांग्रेस धनकुटालाई अपूरणीय क्षति पुगेको नेपाली कांग्रेस धनकुटका अर्का जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।
स्वर्गीय थापाको सम्मानमा श्रद्धाञ्जली अर्पण गर्दै शोक मनाउन तीन दिनसम्म जिल्ला र मातहतका पार्टी कार्यालयमा झण्डा झुकाएर कार्यालय बन्द गर्ने नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।