काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले कोरोना भाइरसविरुद्धको खोप नलगाउनेहरुलाई जेल हाल्ने चेतावनी दिएका छन् ।
कोरोना भाइरसको डेल्टा भेरिअन्टको संक्रमण अध्याधिक बढ्न थालेसँगै राष्ट्रपति दुतेर्तेले सबैलाई खोप लगाउन आग्रह गर्दै खाेप लाउन नमान्नेलाई कारवाही गर्ने चेतावनी दिएका हुन् ।
सोमाबारको सम्बोधनका क्रममा राष्ट्रपति दुतेर्तेले खोप नलगाउनेहरुलाई जेल हाल्ने चेतावनी दिएको अल जजिरा सञ्चारमाध्यमले उल्लेख छ ।
गत मार्चबाट फिलिपिन्सले खोप अभियान सुरु गरे पनि सबै मानिसहरु खोप केन्द्रमा गइरहेका छैनन् । यस्तोमा रिसले चुर हुँदै राष्ट्रपति दुतेर्तेले 'खोप नलगाउने मुर्खहरुलाई सुँगुरका लागि राखेको खोप लगाउने' भन्दै धम्की दिएका हुन् ।
हालसम्म विश्वभर कोरोना भाइरसविरुद्धको झण्डै साढे २ अर्ब डोज खोप लगाइसकिएको छ ।