आजको पञ्चाङ्ग : विषकुम्भ गर कृत्तिका
आजको राशिफल :
मेष : बोलीको भरमा कार्य सम्पादन हुने र नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ ।
वृष : आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।
मिथुन : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला ।
कर्कट : सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।
सिंह : आज धार्मिक र सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । विद्यामा पनि सफलता मिल्नेछ ।
कन्या : आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।
तुला : आँटेको काममा सफलता नमिल्न सक्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्छ ।
वृश्चिक : आज मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट पनि लाभ लिन सकिनेछ ।
धनु : बिभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
मकर : आज दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका वैदेशिक कार्य अघि बढ्नेछ । शेयर मार्केटमा पनि सफलता मिल्नेछ ।
कुम्भ : आज विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग पनि छ ।
मीन : दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा बढी सफलता मिल्नेछ ।
साइत :
बिहानको ०९ : ०३
राहुकाल समय :
राहु कालको समय आइतवार साँझ ४:३० बाट ६:०० बजे सम्म । सोमवार विहान ७:३० बाट ९:०० बजे सम्म । मंगलवार दिउँसो ३ बाट ४:३० बजे सम्म । बुधवार मध्यान्ह १२ बाट १:३० बजे सम्म। बिहीवार दिउँसो १:३० बाट ३:३० बजे सम्म । शुक्रवार विहान १०:३० बाट मध्यान्ह १२:०० बजे सम्म । शनिवार विहान ९ बाट १०:३० बजे सम्म ।
नोट :
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।