arrow

कपिलवस्तुमा कोरोना संक्रमित ३ सय १७ पुगे, एकै दिन थपिए ४६

logo
मणि प्रसाद गैह्र,
प्रकाशित २०७७ जेठ १९ सोमबार
kapilbastu_district_map.png

कपिलवस्तु । कपिलवस्तुमा  कोरोना भाइरसको सख्यादिन प्रति दिन बुद्धि हुदै गएको छ ।  सोमबार मात्र  थप ४६ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय कपिलवस्तुले दुई पटक दिएको जानकारी अनुसार शिवराज नगरपालिकामा सबैभन्दा बढी २५ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ ।यस्तै बुद्धभूमिमा १० जना, मायादेवीमा ६, वाणगंगा र महाराजगञ्जमा दुई दुई जना र कपिलवस्तु नगरपालिकामा १ जनामा कोरोना देखिएको हो । जसमध्ये वाणगंगाका दुई महिलासहित अरु सबै पुरुष रहेका छन ।

शिवराजमा देखिएका संक्रमित मध्ये वडा नं. ३ का १९, २०, २५ र ३० बर्षीय चार पुरुष हुन् । यस्तै वडा नं. ४ का ११ जना पुरुषमा कोरोना भाइरस देखिएको छ । ती १७, १८, २०, २८, ३०, ३०, ४२, ४२, ४५, ५८ र ५५ बर्षीय रहेका छन । वडा नं. ६ का २८ बर्षीय र वडा नं १० का १७ बर्षीय दुई जना पुरुषमा पनि कोरोना देखिएको छ ।

वडा नं. ११ मा बर्ष १८, २३, २६, २७, २७, ३४, ३५ र ४७ का ८ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।बुद्धभूमि नगरपालिकामा १० जना संक्रमित थपिएका छन । जुन वडा नं. ८ का १९, २०, २६, २७, २७, ३२, ३५ र ३८ बर्षीय ८ जना पुरुष रहेका छन् । यस्तै वडा नं. १० का २७ र ४६ बर्षीय दुई जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।मायादेवी गाउँपालिकामा ६ जना संक्रमित मध्य वडा नं. १ का २६ बर्षीय एक जना पुरुष, वडा नं. २ का २७, ३५ र ४० बर्षीय तीन जना पुरुष, वडा नं. ८ का १९ र २६ बर्षीय दुई जना पुरुष रहेका छन ।महाराजगञ्ज नगरपालिका वडा नं. १ का १९ बर्षीय एक जना र वडा नं. २ का २६ बर्षीय अर्का जना गरी दुई जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

यता वाणगंगा नगरपालिका वडा नं. ११ का ३१ र ३८ बर्षीय दुई महिलामा कोरोना संक्रमण देखिएको छ ।

कपिलवस्तु नगरपालिकामा एक जनामा कोरोना देखिएको छ । ती संक्रमित कपिलवस्तु नगरपालिका वडा नं. ४ का २१ बर्षीय पुरुष रहेका छन । योसंगै जिल्लामा कोरोना संक्रमित ३ सय १७ जना पुगेका छन । परिक्षण्को दायरा बढाए संगै संक्रमितको सख्या पनि बुद्धि हुदै गएको छ । लक डाउन भने जिल्लामा फितलो बन्दै गएपछि कोराना संकमण अझै फैलने सक्ने सरोकारवलाहरुले बताएका छन् ।



लोकप्रिय समाचार
नयाँ