arrow

कर्णालीमा थपिए ७५ संक्रमित

logo
प्रकाशित २०७७ जेठ १९ सोमबार
covid-test-positive-corona.jpg

सुर्खेत । कर्णाली प्रदेशमा ७५ जना कोरोना संक्रमित थपिएका छन् ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आरडीटी र पिसिआर परीक्षण गरिएका मध्ये ४३ र प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा परीक्षण गरिएका मध्ये ३२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले जानकारी दिए । अब कर्णालीमा संक्रमितको सङ्ख्या १९८ पुगेको छ ।

रिपोर्ट अनुसार दैलेखको नारायण नगरपालिका, सिमडा, सोत, साडु, जुकेपानी र दुल्लु गरेर २४ जनामा कोरोना पोजेटिभ देखिएको हो । त्यस्तै, जुम्लाको हिमा गाउँपालिकामा ८ र सिञ्जा गाउँपालिकामा ९ गरी १७ तथा जिल्ला प्रहरी कार्यालय जुम्लाका दुई सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । 

त्यस्तै सुर्खेत प्रयोगशालामा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिकाका १६, महावु गाउँपालिकाको १, सल्यान बनगाड कुपिण्ड नगरपालिकाका १० र सुर्खेत बराहताल गाउँपालिकाका ५ व्यक्तिमा कोरोना सङक्रमण पोजेटिभ पुष्टि भएको शाखा प्रमुख कँडेलले बताए । 



लोकप्रिय समाचार
नयाँ