काठमाडौं । लामो समय लकडाउन जारी भएपछि काठमाडौँ महानगरपालिकाले निर्माणको काम थालेको छ । कोरोना भाइरसका कारण विगत दुई महिनादेखि निर्माणको काम हुन सकेको थिएन । कामपाले सोमबार जय बागेश्वरीमा आकाशे पुल निर्माण कार्यको शिलान्यास गरेको छ ।
सांसद गगनकुमार थापा, प्रदेशसभा सदस्य नरोत्तम वैद्य, महानगर उपप्रमुख हरिप्रभा खड्गी, वडाध्यक्ष दिनेश डङ्गोल र वडा सदस्यहरुले संयुक्त रुपमा सो निर्माण कार्यको शिलान्यास गरेका हुन् ।
भ्याटबाहेक रु ६४ लाख ९९ हजार ७५ लागतमा निर्माण हुने आकाशे पुल स्थानानन्तरण गर्न सकिने खालको रहेको वडाध्यक्ष दिनेश डङ्गोलले जानकारी दिए ।
निरन्तर काम हुनसके आगामी चार महिनामा सकिने वडाध्यक्ष डङ्गोल बताए । चालु आर्थिक वर्षमानै सक्नेगरी मानिसको अत्यधिक ओहोरदोहोर हुने चार स्थानमा आकाशे पुल निर्माण गर्ने योजना थियो ।
लकडाउन अघिनै चावहील चोक र सर्वोच्च अदालत अगाडि पुल निर्माण थालेपनि अहिलेसम्म पुरा भएको छैन । आगामी आर्थिक वर्षमा टेकु, कालिमाटीलगायत सात स्थानमा पुल निर्माण गरिने बताइएको छ ।